मंगलबार, साउन १३, २०८२

भक्तपुरमा तीनवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

 |  शुक्रबार, फागुन ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०८१

vianetvianet

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । निजको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन् । 
–––

प्रकाशित: Feb 21, 2025| 13:03 शुक्रबार, फागुन ९, २०८१
प्रतिक्रिया दिनुहोस्