सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नीति अनुसन्धान प्रतिष्ठान र उद्योग परिसंघबीच सहकार्यको समझदारी

नीति अनुसन्धान प्रतिष्ठान र उद्योग परिसंघबीच सहकार्यको समझदारी

 |  शुक्रबार, फागुन ९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०८१

काठमाडौं- नीति अनुसन्धान प्रतिष्ठान र नेपाल उद्योग परिसङ्घबीच नीतिगत विषयमा सहकार्यको समझदारी भएको छ।

National life

नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिँदै आएको प्रतिष्ठान र उत्पादनमूलक एवं सेवामूलक उद्योगको प्रतिनिधिमूलक संस्था परिसङ्घबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो।

समझदारीपत्रमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष लेखनाथ शर्मा र परिसङ्घको तर्फबाट महानिर्देशक घनश्याम ओझाले बिहीबार हस्ताक्षर गरे।

हस्ताक्षरपछि उनीहरूले प्रतिष्ठान र परिसङ्घको सहकार्यबाट समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: Feb 21, 2025| 07:51 शुक्रबार, फागुन ९, २०८१
प्रतिक्रिया दिनुहोस्