आइतबार, जेठ ३१, २०८३

हातमा सुजन शाक्य लेखेका युवक मृत फेला

 |  बिहीबार, फागुन ८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०८१
National life
Shivam cement

काठमाडौंको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक आज मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। 

उनले भने, “हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको पूरै परिचय खुलेको छैन, उक्त प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गर्दैछौँ ।” मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: Feb 20, 2025| 18:26 बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्