सोमबार, पुस ७, २०८२

सडक सञ्जालमा जोडियो म्याग्दीको दुर्गम बस्ती बगर गाउँ

 |  बिहीबार, फागुन ८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०८१

बेनी- म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीको दुर्गम बस्ती बगर गाउँमा सडकको पहुँच पुगेको छ। सोही वडाको नाउरामा पुगेको सडकलाई ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले पहुँचमार्ग निर्माणको क्रममा बगर स्थित जेल्टुङ बस्तीमा सडकको पहुँच पुगेको हो।

National life

नाउरादेखि म्याग्दी खोलाको किनार हुँदै भिर पहाड काटेर ६ किलोमिर लामो सडकको ट्याक निर्माण भएपछि बगरको जेल्टुङ सडकको पहुँचमा जोडिएको म्याग्दीखोला जलविद्युत आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिए। ट्याक खोल्न बाँकी रहेको नाउराको भिर छिचोलिएसँगै बुधबार जेल्टुङमा पहिलोपटक बोलेरो जीप पुगेको थियो। 

चक्रीय धौलागिरि पदमार्गअन्तर्गत अन्तिम मानव बस्तीको रुपमा रहेको बगर सडक सञ्जालले जोडिएसँगै स्थानीयबासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवतजावत गर्न सहज भएको धवलागिरि-४ मुदीका वडाध्यक्ष यामप्रसाद घर्तिमगरले बताए। सडकले बगर र जेल्टुङ गाउँका करिब ६० घरधुरी लाभान्वित भएका छन्।

यसअघि नाउराको अक्करे भिरमा बनाइएको गोरेटो बाटो हुँदै करिब २ देखि ३ घण्टा लाग्ने बाटो सडक सञ्जालले ३० मिनेटमा छोटिएको छ।

सडकको पहुँच विस्तार भएसँगै उर्जा डेभलपर्स प्रालिअन्तर्गत रहेको हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युतको जेल्टुङमा विद्युतगृहको लागि बंकर घर र क्याम्प लगायतका पूर्वाधार निर्माण सुरु हुने भएको छ।

Laxmi sunrise bank
kumari

यस आयोजनाको बाँधस्थल रहने दोभानसम्म थप ११ किलोमिटर सडकको पहुँच विस्तार गर्ने कार्यसँगै विद्युतगृह, सुरुङमार्ग निर्माणको काम एकैसाथ अघि बढाउने आयोजनाले जनाएको छ। धवलागिरि गाउँपालिका- ४ को चेचुङ गाउँमा हालै ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले सडकको पहँच विस्तार गरेको थियो। यस वडाको अर्चे र नेरवाङमा अझै सडक पुग्न सकेको छैन। रासस

प्रकाशित: Feb 20, 2025| 17:01 बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्