मंगलबार, असार ९, २०८३

चैते धान लगाउन झापामा नयाँ प्रविधि

 |  बिहीबार, फागुन ८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०८१

झापा- जिल्लाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ बिगाह जमिनमा यसवर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ।

National life

परम्परागत खेतीभन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादनसमेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकीकरण प्रदर्शन कार्यक्रमअन्तर्गत मेशिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए।

उनका अनुसार स्थानीय पालिकाहरुको सहयोगमा कृषक समूहरुको छनौट गरी केन्द्रले धमाधम हर्दिनाथ-१ चैते धानको ब्याड राख्न सुरु गरेको छ। छनौटमा माईपश्चिमबाट गौरीगञ्ज गाउँपालिका-९ को स्यालडाँगी उद्यमशील कृषक समूह, गौरादह नगरपालिका-९ को अजम्बरी कृषक समूह, शिवसताक्षी नगरपालिका-३ को विनायक कृषक समूह र कमल गाउँपालिका-१ को पिपलगाँछी कृषक समूह परेको उनले जानकारी दिए।

यसैगरी माईपूर्व बुद्धशान्ति गाउँपालिका-३ को दिपज्योति कृषक समूह, अर्जुनधारा नगरपालिका-३ स्थित सिर्जना कृषक समूह, भद्रपुर नगरपालिका-३ को आपगाछी कृषि तथा पशुपालन फार्म र हल्दिबारी गाउँपालिका-४ स्थित अमराघुट्टु कृषक समूहअन्तर्गत कृषियन्त्र प्रयोग प्रदर्शन गरिने भएको छ।

उनले नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एनएमसी कृषि फार्मसँग भाडामा लिएर कृषि उपकरण किसानलाई निःशुल्क उपलब्ध गराइएको बताए। उनले प्रत्येक कृषक समूहलाई ६ बिगाहको दरले सो धान खेती गराउने जानकारी दिए।  

Shivam cement

उनले कृषक समूहलाई निःशुल्क धानको बीउ, ब्याड राख्ने ट्रे र धान रोप्ने मेसिन उपलब्ध गराइएको बताए। प्रमुख विष्टले मल, खनजोत र बालीको रेखदेख किसान स्वयम्ले गर्नुपर्ने बताउँदै ट्रेमा राखिएको बीउ मर्न थालेमा आवश्यकता अनुसार विषादीसमेत निःशुल्क उपलब्ध गराउने बताए।

उनले तोकिएका समूहमध्ये अधिकांशले ब्याड राख्ने काम गरिरहेको बताए। १ सय ५० वटा ट्रेमा उमारिएको बीउले एक बिगाह जमिनलाई पुग्ने र यो धान बीउ राखेको दिनदेखि १ सय २० दिनमा पाक्ने उनको भनाइ छ। केन्द्रका अनुसार धानको बीउ राखेको २५ दिनमै खेतमा राप्ने सकिने छ। रासस

प्रकाशित: Feb 20, 2025| 18:01 बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्