आइतबार, जेठ ३१, २०८३

शव नेपाल ल्याएसँगै प्रकृति लम्सालको अन्त्येष्टि

 |  बिहीबार, फागुन ८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०८१
National life
Shivam cement

भैरहवा- भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ। 

उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याइएको थियो। शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए। उनलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए। उनको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो। 

विसं २०६१  असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको हो। उहाँको शरीर केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था भेटिएको थियो।

प्रकाशित: Feb 20, 2025| 08:52 बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्