सोमबार, साउन २५, २०८३

कमलादीको स्काइ टावर चढे प्रधानमन्त्री ओली

 |  बुधबार, फागुन ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्काइवाक टावरको अवलोकन भ्रमण गरेका छन्।

काठमाडौंको कमलादीमा रहेको स्काइ टावरको टुप्पामा चढेर उनले राष्ट्रिय झन्डाको झण्डात्तोलन गरे। 

प्रधानमन्त्री ओलीले बालकदेखि वृद्धसम्म सबैका लागि सहज हुने आकर्षक गन्तव्य स्काइवाक टावर रहेको प्रतिक्रिया दिए।

पत्नी राधिका शाक्य र सचिवालय सदस्यसहित प्रधानमन्त्री ओली त्यहाँ पुगेका थिए। प्रधानमन्त्री ओलीले टावरको २२ औँ तलामा रहेको स्काइ रेस्टुरेन्टमा खाजा खाएका थिए।

कुल ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काइवाक गरिन्छ। सिसामाथि हिँडेर साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य हो। 

२५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ।

प्रकाशित: Feb 19, 2025| 18:18 बुधबार, फागुन ७, २०८१
प्रतिक्रिया दिनुहोस्