आइतबार, जेठ ३१, २०८३

केआइआइटीबाट १६ जना फर्किए

 |  बुधबार, फागुन ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०८१
National life
Shivam cement

भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयले निकालेका मध्ये १६ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्। उनीहरू आज गए राती १ बजे झापाको काँकडभिट्टा नाकाबाट स्वदेश फर्किएका हुन्।

केआइआइटी होस्टेलमा बुटवलकी छात्रा प्रकृति लम्सालको आत्महत्यापछि उत्पन्न परिस्थिति असहज बनेपछि उनीहरू स्वदेश फर्किएका हुन्। घर फर्किनेहरू सप्तरी राजविराज–२ तित्रीगाछीका आरती रोही, सालिमी दास, रिसक सिंह,आयुष राज, प्रजित यादव, कृष दास, राकेश साह,नवीन मण्डल रहेका छन्।

त्यस्तै सुनसरी इनरुवा –१ का ओमप्रसाद पोद्धार, मोरङ विराटनगर–१२ का आदित्य मिश्र, कास्की पोखराका सुलभ पौडेल,आयुष अधिकारी, काठमाडौँ–१० पुरानो बानेश्वरका समिम पौडेल, ललितपुर महालक्ष्मी–४ हात्तीबनका आकाश शाह, काठमाडौँ–१३ ताहाचलका पीयूष शाह र काठमाडौँ गोकर्णेश्वर– ७ का बिकेश श्रेष्ठ रहेका छन्। काँकडभिट्टाबाट नेपाल प्रवेशका गरेका उनीहरू आ-आफ्नो गन्तव्यतर्फ लागि सकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित: Feb 19, 2025| 13:49 बुधबार, फागुन ७, २०८१
प्रतिक्रिया दिनुहोस्