मंगलबार, पुस ८, २०८२

कालिमाटीमा मृत भेटिए भरिया

 |  बुधबार, फागुन ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०८१

काठमाडौंको कालिमाटी तरकारी बजारमा एक व्यक्ति मृत फेला परेका छन्।

National life

तरकारी बजारमा भरियाका रूपमा लामो समयदेखि काम गर्दै आएका रामकृष्ण दाहाल आज बिहान मृत फेला परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउकोमा रडको चोटजस्तो देखिएको प्रहरीले बताएको छ।

तरकारी बजारका अन्य भरियासँग दाहालको विवाद भएपछि हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ। राति ढिलासम्म काम गरेपछि दाहाल कहिलेकाहीँ बजारकै तरकारी स्टलमा सुत्ने गरेको बताइएको छ।

प्रकाशित: Feb 19, 2025| 13:46 बुधबार, फागुन ७, २०८१
प्रतिक्रिया दिनुहोस्