सोमबार, पुस ७, २०८२

फाल्गुनन्द-३ का वडाध्यक्ष नेम्बाङको निधन

 |  बुधबार, फागुन ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०८१

पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नम्बर ३ का अध्यक्ष सुखविर नेम्बाङको निधन भएको छ। ४७ वर्षको उमेरमा आफ्नै निवासमा उनको निधन भएको हो।

National life

क्यान्सरपीडित नेम्बाङ दुई वर्षदेखि उपचाररत थिए। विभिन्न अस्पतालमा उनको उपचार भइरहेको थियो। पछिल्लो महिनादेखि भने उनी घरमै थिए।

२०७४ र २०७९ को स्थानीय तह चुनावमा उनी वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेस फाल्गुनन्द गाउँ कार्यसमितिका सभापति पनि हुन्। 

उनका श्रीमती र दुई छोरी रहेका छन्। 

प्रकाशित: Feb 19, 2025| 10:09 बुधबार, फागुन ७, २०८१
प्रतिक्रिया दिनुहोस्