शनिबार, चैत ७, २०८२

सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण

 |  मंगलबार, फागुन ६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०८१

काठमाडौं- जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण सुरु गरिएको छ। डोटीमा ६ सयभन्दा बढी लाभग्राहीसँग सम्झौता भइसकेको र केही दिनमा अनुदान रकम पठाउने तयारी गरिएको छ।

National life

अन्य जिल्लाहरु जाजरकोट र रुकुमपश्चिममा क्षतिको विवरण संकलन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले जानकारी दिए। डोटीमा गतवर्ष नै क्षति विवरण संकलन गरिएकामा उक्त तथ्यांकलाई पुनः परीक्षण गरेर पुनर्निर्माण अघि बढाइएको उनले बताए। उनका अनुसार डोटीमा नौ हजार हाराहारीमा लाभग्राही छन्।

जाजरकोट र रुकुमपश्चिममा पुनर्निर्माणका लागि पहिलो चरणको विवरण संकलन भइरहेको र अब पुनर्निर्माण सुरु हुने कार्यकारी प्रमुख भुसालले जानकारी दिए। उनका अनुसार  पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरुको विस्तृत विवरण संकलनमा विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र प्राधिकरणबीच सम्झौता गरी काम भइरहेको छ।

यकिन विवरण संकलन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाल, सुदीपविक्रम भट्ट र रामबहादुर केसीसहितको टोलीले स्थलगत रुपमा जाजरकोट पुगेर सोमबार पहिलो चरणमा खटिने प्राविधिकलाई तालिम सञ्चालन गरेका छन्।

उनीहरुले स्थानीय तह, सहरी विकास मन्त्रालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट खटिएका इन्जिनियरलाई तालिम सञ्चालन गरेका हुन्। रुकुमपश्चिमका लागि पनि टोली खटाइसकिएको प्राधिकरणले जनाएको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 18, 2025| 17:01 मंगलबार, फागुन ६, २०८१
प्रतिक्रिया दिनुहोस्