सोमबार, पुस ७, २०८२

चौबिस घण्टामा १० जना मृत फेला, सवारी दुर्घटनामा दुईको मृत्यु

 |  मंगलबार, फागुन ६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०८१

ललितपुर, ललितपुर महानगरपालिका-१९ लगनखेलस्थित राजु अवालेको घरमा संचालित भैरव लुम्बिनी तन्दुरी भोजनालयमा काम गर्ने मकवानपुर चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर सोही घरको पाँचौ तलामा सोमबार मृत अवस्थामा फेला परेका छन्।

National life

मोरङ, बिराटनगर महानगरपालिका-१ बस्ने ५० वर्षीया मुन्नी मगर आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन्।

कैलाली, जानकी गाउँपालिका-५ नवलपुर बस्ने ३० वर्षीय राम बाहादुर कठरिया आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-३ मुलपानीस्थित नाङ्गे डाँडा जंगलमा सोही गाउँपालिका-२ बिशालनगर बस्ने ८३ वर्षीय खड्ग बहादुर आले सोमबार मृत अवस्थामा फेला परेका छन्।

इलाम, चुलाचुली गाउँपालिका-१ कटहरे बस्ने ७० वर्षीय डिक बहादुर राई आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

Laxmi sunrise bank
kumari

दाङ, घोराही उपमहानगरपालिका-४ शान्तिनगर घर भई लमही नगरपालिका-५ रातोडाँडा बस्ने ४१ वर्षीय योगेन्द्र बहादुर खत्री लमही नगरपालिका-५ स्थित अजम्मरी सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

तनहुँ, भानु नगरपालिका-३ खहरे बस्ने ८४ वर्षीय बज्र नारायण श्रेष्ठ आँबुखैरेनी गाउँपालिका-१ बरादीस्थित मर्स्याङदी नदीमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

गुल्मी, कालिगण्डकी गाउँपालिका-४ जोखुम बस्ने ३२ वर्षीय ओम बहादुर राना सोही गाउँपालिका-४ भुतेगैरास्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन्।

रामेछाप, मन्थली नगरपालिका-६ सिल्ली बजारस्थित सडकको नालामा सोही ठाउँ बस्ने २३ वर्षीय सुजन माझी मंगलबार मृत अवस्थामा फेला परेका छन्।

कालिकोट, पचालझरना गाउँपालिका-२ खैरकोट बस्ने ३५ वर्षीय नरेन्द्र कठायत सोही गाउँपालिका-२ झारचौर भन्ने स्थानमा सोमबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मृत फेला
धनुषा, गणेशमान चारनाथ नगरपालिका-१ बिरेन्द्र बजारस्थित सडकमा स.१ च १७८१ नम्बरको रथगाडीले प्रदेश २-०२-००२ प ८९०४ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-२ बस्ने २५ वर्षीय शिवकुमार पासवानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। रथगाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरी, गढी गाउँपालिका-४ छिटाहा बजारस्थित सडकमा साइकलको ठक्करबाट सोही गाउँपालिका-२ औराबनीस्थित कुटीमा बस्ने ६६ वर्षीय फुल सिंङ भन्ने बाबाजीको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम बिराटनगर मोरङमा उपचारको क्रममा मृत्यु भएको हो। साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

 

प्रकाशित: Feb 18, 2025| 12:45 मंगलबार, फागुन ६, २०८१
प्रतिक्रिया दिनुहोस्