सोमबार, पुस ७, २०८२

रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

 |  मंगलबार, फागुन ६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०८१

आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। सर्लाही जिल्ला अदालतमा बमजनविरूद्ध सोमबार मुद्दा दायर भएको हो।

National life

सरकारी वकिलको कार्यालयले ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ। चितवनमा रहेको बमजनको ६४ लाखबराबरको जग्गा र बरामद भएको रकमसमेतलाई कायम गरी मुद्दा दायर भएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बमजनलाई लामो समयको अनुसन्धानपछि २०८० पुस २४ गते पक्राउ गरेको थियो। उनलाई काठमाडौंबाट पक्राउ गर्दा विभिन्न १७ वटा देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरका मुद्रा र ३ करोड ३४ लाख नेपाली नगद बरामद गरेको थियो।

उनलाई पक्राउ गरी कारबाहीका लागि सर्लाही पठाइएको थियो। बाल यौन दुरुपयोग मुद्दामा अदालतले बमजनलाई गत असार १७ गते १० वर्ष कैद सजाय सुनाएको थियो। पीडितलाई बालिकालाई ५ लाख क्षतिपूर्ति दिन पनि भनिएको थियो। उनीविरूद्ध रौतहटकी गंगामाया तामाङले जाहेरी दिएकी थिइन्। आफू १४ वर्षकी हुँदा बमजनले आफूमाथि बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन्।

धेरै वर्षदेखि सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुलीका विभिन्न जंगलभित्र आश्रम खोलेर बस्दै आएका बमजन आफूलाई भगवान भनेर चिनाउँथे। बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Feb 18, 2025| 11:13 मंगलबार, फागुन ६, २०८१
प्रतिक्रिया दिनुहोस्