आइतबार, जेठ ३१, २०८३

ला लिगाको शीर्ष स्थानमा उक्लियो बार्सिलोना

 |  मंगलबार, फागुन ६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०८१
National life
Shivam cement

स्पेनिस ला लिगामा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। सोमबार राति रायो भालेकानोविरुद्ध घरेलु मैदानमा १–० को जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानमा कब्जा जमाएको हो।

बार्सिलोनालाई महत्त्वपूर्ण तीन अंक दिलाउन रोबर्ट लेवान्डोवस्कीले निर्णायक गोल गरे। खेलको २८औँ मिनेटमा प्राप्त पेनाल्टीमा लेवान्डोवस्कीले बललाई जाली चुमाएका थिए।

जितसँगै बार्सिलोनाले २४ खेलबाट ५१ अंक जोडेको छ। घरेलु लिगमा बार्सिलोनाको यो १६औं जित हो। समान अंक रहे पनि रियाल मड्रिड बार्सिलोनाभन्दा गोल आधारमा पछाडि छ। तेस्रो स्थानको एट्लेटिको मड्रिडको ५० अंक छ।

प्रकाशित: Feb 18, 2025| 10:40 मंगलबार, फागुन ६, २०८१
प्रतिक्रिया दिनुहोस्