सोमबार, साउन १२, २०८२

अवतरण गर्दा विमानस्थलमै पल्टियो विमान

 |  मंगलबार, फागुन ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०८१

vianetvianet

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा यात्रुवाहक विमान पल्टिएर जमिनमा उल्टो परेको छ। घटनामा केही घाइते भएका छन्।

अमेरिकी शहर मिनिसोटाबाट उडेको डेल्टा एअरलाइन्सको विमान पल्टिएको हो। विमानमा सवार रहेका सबै ८० जना मानिसहरूको उद्धार गरिसकिएको छ ।

टोरन्टो पिअरसन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विमान पल्टिएको हो। पल्टिएपछि  अग्नि नियन्त्रकहरूले विमानबाट यात्रुहरूलाई बाहिर निकालेका थिए। १८ जनालाई अस्पताल लगिएकोमा एक बालकसहित तीन जनालाई गम्भीर चोट लागेको छ ।

विमानस्थलकी प्रमुख कार्यकारी अधिकृत डेबोरा फ्लिन्टले आपत्कालीन सेवाका कर्मचारीको चुस्त प्रतिकार्यका कारण मानवीय क्षति  नभएको बताएकी छिन्। खराब मौसमका कारण सो दुर्घटना भएको बताइएको छ। विमान अवतरणको समयमा विमानस्थलमा हिमपात भएको थियो।

प्रकाशित: Feb 18, 2025| 10:35 मंगलबार, फागुन ६, २०८१
प्रतिक्रिया दिनुहोस्