बिहीबार, साउन २२, २०८२

पुरुषसरह ज्याला नपाएपछि आफै ठेकेदार बनेकी पार्वती

 |  मंगलबार, फागुन ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०८१

vianetvianet

कञ्चनपुर- पहिला दिनभरि मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक रुएक हजार आम्दानी गर्न थालेकी छन्।

घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैँ घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन्।

‘दिनभर पुरुषसरह मजदुरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफै मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ,’ पार्वतीले भनिन्, ‘दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ।’ उनले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको सहयोगमा ६० दिने राज मिस्त्रीको तालिम लिएको बताइन्।

‘सुरूमा मजदुरी गर्थे दिनको पाँच सय मात्रै ज्याला पाउँथे। अहिले आफै घर निर्माणको ठेक्का लिन थालेकी छु,’ डगौराले भनिन्, ‘अहिले आफूले मिस्त्रीको काम गर्दा दैनिक एक हजार आम्दानी हुन्छ।’ राज मिस्त्रीको तालिम सकिनेबित्तिकै गाउँमा एउटा घर निर्माणको ठेक्का मिलेको उनको भनाइ छ। 

‘मजदुरी गरेर मात्रै घरखर्च धान्न गाह्रो भयो अब आफै मिस्त्रीको काम गर्नुपर्छ भनेर हिम्मत गरेँ,’ उनले भनिन्, ‘मैले महिला पुरुष दुवैको ज्याला समान गरेकी छु। आफूले भोगेको जस्तो ज्यालामा विभेद गरेको छैन।’

Metro Mart

पार्वतीले गाउँमै तीन वटा घरको ठेक्का लिएर निर्माण सम्पन्न गरिसक्नुभएको छ। एउटा घरको काम नसकिँदै अर्को घरको ठेक्का पाउने गरेको उनको भनाइ छ। 

‘अहिले धेरै सजिलो भएको छ ठेक्का पाइराखिएको छ,’ उनले भनिन्, ‘पहिला मजदुरीमा जाँदा थोरै ढिला भए पनि ठेकेदारले फर्काइदिन्थ्यो।’

दृढ इच्छा शक्ति धैर्य र निरन्तरता हुने हो भने कुनै चिज असम्भव नहुने डगौराको भनाइ छ। ‘यहाँ ज्यालामा धेरै विभेद छ, एउटै कामको ज्यादा पुरुषलाई बढी छ महिलालाई कम दिइन्छ,’ उनले भनिन्, ‘यो विभेद अन्त्य गर्नका लागि पनि मैले हिम्मत गरेर तालिम लिएर आफै घर निर्माणको ठेक्का लिन थालेकी हुँ,’ अहिले उनले अरू महिलालाई रोजगारी दिएको बताइन्।

निड्स नेपाल कञ्चनपुरले दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाअन्तर्गत कञ्चनपुरको वेदकोट र कृष्णपुर नगरपालिकामा परियोजना सञ्चालन गरेको छ। 

परियोजनाअन्तर्गत महिलाको आयआर्जनमा सुधार क्षमता विकासका लागि तालिम र उनीहरुको आश्वयकता अनुसारको उद्यममा सहयोग गरेको परियोजना संयोजक हेमन्त शाहीले बताइन्। ‘परियोजनाअन्तर्गत १३ प्रकारका उद्यममा एक सय २३ जना प्रत्यक्ष लाभाम्वित छन्,’ उनले भनिन्, ‘यस परियोजनाबाट न्यून आयस्तर भएका महिलाको जीविकोपार्जनमा सुधार आएको छ।’
 
वेदकोट नगरपालिका–४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराले केही गर्न चाहने महिला आत्मनिर्भर बन्न सहयोग पुगेको बताइन्। ‘यून आयस्तर भएका महिला र इच्छाशक्ति भएकाहरूलाई दातृ निकायको सहयोगमा हामीले आत्मनिर्भर बन्न सहयोग गर्दै आएका छौं,’ उनले भनिन्, ‘अहिले धेरै महिला विभिन्न पेसामा सक्रिय रहेर आत्मनिर्भर बनेका छन्।’ उनले व्यवसाय गर्ने महिलालाई तालिम मात्रै नभई आर्थिक रूपमा पनि सहयोग गरिरहेको बताइन्।    -रासस

प्रकाशित: Feb 18, 2025| 07:36 मंगलबार, फागुन ६, २०८१
प्रतिक्रिया दिनुहोस्