आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • 'नेपाली छात्राको मृत्युका सम्बन्धमा सरकारले कूटनीतिक तवरबाट काम गरिरहेको छ'

'नेपाली छात्राको मृत्युका सम्बन्धमा सरकारले कूटनीतिक तवरबाट काम गरिरहेको छ'

 |  सोमबार, फागुन ५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०८१
National life
Shivam cement

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्राको मृत्यु भएको विषयमा सरकारले कूटनीतिक तवरबाट काम गरिरहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सो विषयमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको बताएका हुन्।
    
उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, “भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टलमा एक जना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टलबाट जबर्जस्ती निकालेको कुरा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको छ ।”

उक्त विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु थियो ।

प्रकाशित: Feb 17, 2025| 19:19 सोमबार, फागुन ५, २०८१
प्रतिक्रिया दिनुहोस्