सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • जलनजस्तो संवेदनशील विषयमा आचारहीन टिकाटिप्पणी असभ्यताको पराकाष्ठा: अध्यक्ष बस्नेत

जलनजस्तो संवेदनशील विषयमा आचारहीन टिकाटिप्पणी असभ्यताको पराकाष्ठा: अध्यक्ष बस्नेत

 |  सोमबार, फागुन ५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०८१

काठमाडौं- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालमा नकरात्मक सामाग्री मात्र आउनुपर्छ भन्ने गलत भाष्यलाई हटाउनुपर्ने धारणा राखेका छन्।

National life

जलन दुर्घटना जस्तो संवेदनशील विषयमा मानवीयताको ख्यालै नगरी आचारहीन र तथ्यहीन टिकाटिप्पणी हुनुलाई उनले असभ्यताको पराकाष्ठाको संज्ञा दिएका छन्। अध्यक्ष बस्नेतले राम्रो नदेख्ने र नलेख्ने प्रवृत्तिलाई सामाजिक सञ्जालको भाष्य बनाउन नहुनेतर्फ सबै सजग हुनुपर्ने धारणा राखे।

सामाजिक सञ्जालमा नेपाली संस्कार र संस्कृति विपरित गाली संस्कृति हुर्किएको भन्दै उनले तथ्यसहितका सृजनात्मक सामाग्री हुनुपर्ने सुझाव दिएका छन्। 'नभएका कुरा जोडजाड होइन, भएका तथ्यपरक, सृजनात्मक र आशाको सञ्चार जगाउने सामाग्री सामाजिक सञ्जालमा राख्नु उपर्युक्त हुन्छ। सामाजिक सञ्जालमा नकरात्मकतालाई प्रश्रय दिन नहुने तर्फ सजग हुनुपर्ने भन्दै अध्यक्ष बस्नेतले भनेका छन्। 'गालीगलौज र अश्लील भाषा, हिंसा, द्धेस फैलाउने, मनमुटाव बढाउने, जातजाती, धर्म, रीतिरिवाज र संस्कृतिबीच फाटो ल्याउन खोज्ने, उक्साउन खोज्ने प्रवृत्ति फेसबुक, युट्युव, एक्स, टिकटकजस्ता सामाजिक सञ्जालमा भेटिँदा दुःख लाग्छ,' बस्नेतको भनेका छन्।

उनले नभएका कुरा गरेर आपसी फाटो ल्याउने, घृणास्पद शब्दसहितको गाली नेपाली संस्कार र संस्कृति भित्र नपर्ने तर्फ सजग गराउँदै आफ्नो संस्कृति आफैं मिचेर बलवान नहुने तर्फ सबैको ध्यानाकर्षण समेत गराएका छन्।
पछिल्लो समय बेलुन दुर्घटना भई जलनमा परेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका विषयमा सामाजिक सञ्जालमा आएका कतिपय नकरात्मक सामाग्रीप्रति लक्ष्य गर्दै अध्यक्ष बस्नेतले त्यसलाई असभ्य भनी टिप्पणी गरेका हुन्। 'जलन दुर्घटनाजस्तो संवेदनशील विषयमा समेत मानवीयताको ख्यालै नगरी आचार र तथ्यहीन टिकाटिप्पणी हुनु असभ्यताको पराकाष्ठा हो, उनले भनेका छन्।

प्रकाशित: Feb 17, 2025| 15:46 सोमबार, फागुन ५, २०८१
प्रतिक्रिया दिनुहोस्