काठमाडौं- रुपन्देहीको देवदहबाट भारतको कुम्भमेलामा गएका तिर्थालु फर्किँदै गर्दा गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेका छन्।
कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको बताइएको छ।