सोमबार, पुस ७, २०८२

हेटौंडा मातातीर्थ सडक चैत २१ सम्म बन्द

 |  सोमबार, फागुन ५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०८१

बागमती- हेटौँडा-काठमाडौँ जोड्ने फाखेल-मातातीर्थ सडक हिजो (आइतबार)देखि चैत २१ गतेसम्म बन्द गरिएको छ।

National life

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका- ५ का वडाध्यक्ष दुतराज तितुङले आज सूचना जारी गर्दै सडक मर्मतका लागि बन्द गरिएको जानकारी दिएका छन्।

सो सडकअन्तर्गत महालक्ष्मी दोभान-घट्टेखोला-चखेल हुँदै मातातीर्थ जोड्ने सडकमा पर्ने देउराली मातातीर्थ खण्डमा सडक निर्माण भइरहेकाले बाटो बन्द रहने अध्यक्ष तितुङद्वारा जारी सूचनामा उल्लेख छ।

सडक निर्माणका साथै सडक स्तरोन्नति भइरहेकाले यातायात साधनको आवतजावत बन्द गर्नुपरेको अध्यक्ष तितुङले बताए।

प्रकाशित: Feb 17, 2025| 07:58 सोमबार, फागुन ५, २०८१
प्रतिक्रिया दिनुहोस्