सोमबार, साउन १२, २०८२

विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते

 |  आइतबार, फागुन ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०८१

vianetvianet

बाजुराको भानुदय विद्यालयका विद्यार्थी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको बस सुर्खेतमा दुर्घटनामा परेको छ।

सुर्खेतको बराहताल गाउँपालिका-५ आमखोलीमा सु.प्र.प्र ०१-००१ ख ३०५४ नम्बरको बस दुर्घटनामा परेको हो।

स्टेरिङ फेल भएपछि बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। बसमा २७ जना सवार थिए, जसमध्ये ६ जना विद्यार्थी सामान्य घाइते भएका छन्।

घाइते विद्यार्थीलाई तत्कालै उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।

प्रकाशित: Feb 16, 2025| 21:11 आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्