आइतबार, जेठ ३१, २०८३

खोलाको पानी पिउँछन् कटारीबासी

 |  आइतबार, फागुन ४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०८१

कटारी- उदयपुरको कटारी नगरपालिका-१, माथिल्लो खसिबासका स्थानीयलाई खानेपानीको समस्या छ। खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन्।

National life

हिउँद लागेसँगै खोलाको पानीसमेत सुक्दै जाने भएकाले झनै समस्या हुने गरेको स्थानीय बताउँछन्। 'खोलाभन्दा माथिल्लो गाउँमा पानीको समस्या छ', स्थानीय ज्ञानबहादुर तामाङले भने, 'लुगा धुन, नुहाउन त तल्लो गाउँतिर लुगा बोकेर आउँछन् तर गाईवस्तुलाई पानी खुवाउनसमेत समस्या छ।'

तामाङका अनुसार खसिबासको तल्लो भेगमा विभिन्न आयोजनाबाट पानी सञ्चालनमा छ। माथिल्लो खसिबासमा भने पानीको कुनै पनि आयोजना सञ्चालनमा छैन।

वर्षामा खोलामा वाढी आउँदा झनै पिउने पानीसमेत समस्या हुने गरेको स्थानीय रुद्रबहादुर राईले बताए। हिउँदमा खोलाखोल्सी चहारेर पानीको जोहो गर्नुपर्ने उनले बताए। 

माथिल्लो खसिबासका ५०-६० घरमा पानीको समस्या छ। तल्लो खसिबासमा पनि आयोजनाबाट सञ्चालित पानी पर्याप्त छैन। खोलामा मोटर जोडेर पानी प्रयोग गर्नेलाई वर्षामा बाढीका कारण पानी धमिलो हुने र हिउँदमा पानी घट्ने भएकाले समस्या रहेको स्थानीय बताउँछन्।

Shivam cement

चारैतिर चुरे वनले घेरिएको यो गाउँ पशुपालनका लागि उपयुक्त भए पनि पानीको समस्या रहेको स्थानीय बताउँछन्। रासस

प्रकाशित: Feb 16, 2025| 20:31 आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्