बिहीबार, साउन २२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ

विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ

 |  आइतबार, फागुन ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०८१

vianetvianet

काठमाडौं- अवैध रूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेकी उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा पक्राउ गरिएको हो। 

जाँचका क्रममा उनको झोलाबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिङ्गापुर डलर, १२ हजार इन्डोनेसियन रूपिया, १०० मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ थान, सिम कार्ड २८ थान र मेमोरी कार्ड १२२ थान फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ। रासस

प्रकाशित: Feb 16, 2025| 16:34 आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्