सोमबार, पुस ७, २०८२

जर्मनी पुग्छ चितवनको गाजर र चुकन्दर

 |  आइतबार, फागुन ४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०८१

चितवन- भरतपुर महानगरपालिका-१५ श्रीपुरमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको छ। १२ बिघामा लगाइएको १०० टन चुकन्दर र १५० टन गाजर जर्मन निर्यात हुन थालेको हो।

National life

जिल्ला प्रांगारिक संघ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार २ वर्षदेखि यहाँ उत्पादित गाजर र चुकन्दर ‘द अर्गानिक भ्याली’ संस्थाले विदेश पठाउन थालेको हो।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तरराष्ट्रियस्तरबाट प्रमाणीकरण गरी कृषि उपज निर्यात गर्न थालिएको उनले बताए। उनका अनुसार यस वर्ष यही फागुन १५ गतेदेखि ती उत्पादन पठाउने तयारी गरिएको छ।

यहाँको २० बिघा अर्गानिक क्षेत्रका रूपमा मान्यता पाएको बताउँदै उनले भने, '१२ बिघामध्ये ६० प्रतिशत क्षेत्रफलमा गाजर र ४० प्रतिशतमा चुकन्दर लगाइएको छ। यहाँको उत्पादनलाई विदेशी उपभोक्ताले विश्वास गरेपछि निर्यात सुरु गरिएको हो।'

जर्मन जाने गाजरको प्रतिकिलो २० रूपैयाँ र चुकन्दर प्रतिकिलो ५० रूपैयाँ तोकिएको संघका सदस्य छविलाल न्यौपानेले जानकारी दिए। संघमा आबद्ध १५ जना किसानले लगाएको गाजर र चुकन्दर जर्मन निर्यात हुने गरेको उनले बताए।

Laxmi sunrise bank
kumari

उनले भने, 'अर्गानिक खेती हुने क्षेत्रमा गाजर र चुकन्दर बाहेक गहुँ, मुसुरो, जौ, घाँस, आलुका साथै अन्य सागसब्जी उत्पादन गरिँदै आइएको छ।' यहाँ उत्पादित कृषिउपज जर्मनसँगै चितवन, पोखरा, काठमाडौंलगायत अन्य जिल्लामा बिक्री हुँदै आएको छ। 

गाजर र चुकन्दर नेपालको ‘अर्गानिक भेन्चर’ नामक संस्थाले खरिद गरी आन्तरिक बजारमा बिक्री गर्दै आएको न्यौपानेले जानकारी दिए। प्रांगारिक संघलाई कृषि विकास कार्यालय चितवनले सुरुवाती समयमा आर्थिक सहयोग गरेकामा पछिल्लो समय प्राविधिक सहयोग मात्रै गर्दै आएको उनले बताए। पहिला ‘प्याकेजिङ’, ‘ग्रेडिङ’ र बजारीकरणमा सहयोग गर्दै आएको थियो। रासस

प्रकाशित: Feb 16, 2025| 18:31 आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्