सोमबार, पुस ७, २०८२

नेपालगञ्जमा पर्यटन पूर्वाधार विकास हुँदै

 |  आइतबार, फागुन ४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०८१

नेपालगञ्ज- नेपालगञ्ज सहरमा पर्यटन पूर्वाधारको विकास हुँदै जान थालेको छ। यहाँ सञ्चालनमा रहेका केही स्तरीय होटेलले सेवा विस्तार गरेर लगानी बढाउँदै जान थालेका छन्।

National life

नेपालगञ्जको धम्बोझीमा रहेको होटल सिटी प्यालेसले सेवा विस्तार गर्दै एक अर्ब रूपैयाँभन्दा बढीको लगानी गरेको छ। नेपाली र भारतीय पाहुनालाई लक्षित गरी चारतारे होटेललाई पाँचतारे होटेलका रुपमा विस्तार गर्न लागिएको सञ्चालक लोकेन्द्र अर्यालले जानकारी दिए।

होटेलमा सुविधासम्पन्न सभाहलसहित नयाँ भवनबाट सेवा विस्तार गरिएको छ। उनले भने, 'यस्तो आर्थिक मन्दीको समयमा पनि साहस गरेर होटलको सेवा विस्तार गरी पाहुनालाई थप सेवा दिन खोजेका छौँ।' 

विसं २०७२ को असारमा सुरु भएको होटल सिटी प्यालेस सञ्चालन भएको ९ वर्षको अवधिमा तीन लाख आन्तरिक र सार्क राष्ट्रका दुई लाखसहित पाँच लाखलाई आतिथ्यता दिइएको होटेलले जनाएको छ। सो होटेलमा करिब १२५ जनाले प्रत्यक्ष रोजागारीको अवसर प्राप्त गरेका छन्। 

सिटी प्यालेसको केन्द्र भाग धम्बोझीमा रहेकाले सहरको दृश्यावलोकनका लागिसमेत सहज भएको सेवाग्राहीको भनाइ छ।

Laxmi sunrise bank
kumari

विगतमा भारतीय तीर्थयात्रु मानसरोवर यात्रा नेपालगञ्ज रुट हुँदै जाने गरेका थिए। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पर्यटन पूर्वाधारको विकाससँगै पर्यटकलाई हाइकिङ, साइक्लिङलगायतका घुम्ने र मनोरञ्जन गर्ने ठाउँ आवश्यक भएकाले त्यसमा पर्यटन व्यवसायीको ध्यान पुग्नुपर्ने बताए।

उनले बाँकेमा धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना रहेको औँल्याउँदै पर्यटन प्रवर्द्धनका लागि अतिरिक्त गतिविधि आवश्यक भएकामा जोड दिए। 'क्यासिनो सबैको रुचिको विषय नहुन सक्छ, त्यसैले बाँके राष्टिय निकुञ्जलाई पर्यटकको गन्तव्यका रुपमा विकास गर्न सकिन्छ', उनले भने। 

होटेल व्यवसायी महासंघका केन्दीय सदस्य भीम कँडेलले पर्यटन पूर्वाधारको विकास बढ्दै गएकामा खुसी व्यक्त गर्दै लगानी जोखिममा रहेको धारणा व्यक्त गरे। उनले नेपालगञ्जमा अहिलेसम्म तारे होटेल दर्जनौँ भएको उल्लेख गर्दै साना तथा ठूला गरेर दुई हजार ५०० को हाराहारीमा होटल तथा रेष्टुरेन्ट रहेको बताए। रासस

प्रकाशित: Feb 16, 2025| 20:01 आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्