सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • स्कुल बस दुर्घटनाका मृतकको संख्या चार पुग्यो, तीनजनाको अवस्था गम्भिर

स्कुल बस दुर्घटनाका मृतकको संख्या चार पुग्यो, तीनजनाको अवस्था गम्भिर

 |  आइतबार, फागुन ४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०८१

काठमाडौंबाट नगरकोटमा पिकनिक गएर फर्किँदै गरेको स्कुल बस दुर्घटनामा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

National life

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-६ घर भई हाल बौद्ध बस्ने १० वर्षीय सनसाइन तामाङको उपचारको क्रममा मृत्यु भएको हो।

उनको नेपाल मेडीसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। यसअघि दुई विद्यार्थी र एक शिक्षकको मृत्यु भएको थियो।

मोरङ उर्लाबारी नगरपालिका-७ का ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोकका-१४ वर्षीया शुशांक डोटेल र सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ का २४ वर्षीय सुरेश तामाङको मृत्यु भएको थियो।

माघ ३० गते बुधबार नगरकोट पिकनिक गएर फर्किँदै गरेको एसएस एकेडेमीको बा २ ख ७९५८ नम्बरको स्कुल बस शंकरापुर नगरपालिका-५ स्थित दुर्घटनामा परेको हो। बसमा ४६ जना यात्रु सवार थिए। ३२ जना उपचारपश्चात डिस्चार्ज भइसकेका छन् भने १० जना उपचारत छन्। उपचारत ३ जनाको अवस्था गम्भिर छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 16, 2025| 13:25 आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्