सोमबार, साउन २५, २०८३

प्रहरी कार्यालयमै झुन्डिए सई खतिवडा

 |  आइतबार, फागुन ४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०८१

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब निरीक्षक (सई)ले झुन्डिएर आत्महत्या गरेका छन्।

सई धनराज खतिवडाले कार्यालयको छतमाथि झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयको तीन तले प्रहरी ब्यारेकको माथिल्लो तलामा रहेको पानी ट्यांकीमा जाने फलामको भर्‍याङमा उनले आत्महत्या गरेका हुन्।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ४ घर भई हाल मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ७ बस्ने ४९ वर्षीय खतिवडा नाइलनको डोरीको पासो लगाएर झुन्डिएका बताइएको छ।

 

प्रकाशित: Feb 16, 2025| 12:04 आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्