सोमबार, पुस ७, २०८२

नेपाल प्रहरीका सई मृत भेटिए

 |  आइतबार, फागुन ४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०८१

नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) झापामा मृत भेटिएका छन‍्। आइतबार बिहान भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय झापामा रहेको ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएका हुन्।

National life

उनका अनुसार तीन तले प्रहरी ब्यारेकको माथिल्लो तलामा पानीको ट्यांकी जाने फलामको भर्‍याङमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्।

खतिवडा भोजपुर टैम्केमैयुङ गाउँपालिका-४ घर भई मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका छन्। उनको मृत्यु कतिबेला भएको हो भन्ने खुलेको छैन।

प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाएको छ र घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: Feb 16, 2025| 11:48 आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्