आइतबार, जेठ ३१, २०८३

शानदारमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या चार पुग्यो

 |  आइतबार, फागुन ४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०८१
National life
Shivam cement

राजधानीको कमलपोखरी स्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटको घटनामा थप एक जनाको मृत्यु भएको छ।

काभ्रेको बेथानचोक घर भएर कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएकोपछि मृतकको संख्या चार पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदै आएको थियो ।

माघ २४ को विस्फोटमा परेर यसअघि २२ वर्षीय प्रदीप तामाङ, हेटौंडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घलेको मृत्यु भएको थियो।

प्रकाशित: Feb 16, 2025| 10:24 आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्