आइतबार, जेठ ३१, २०८३

तोरीखेतीमा आकर्षित हुँदै भद्रपुरका किसान

 |  आइतबार, फागुन ४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०८१

झापा- भद्रपुर नगरपालिकाको तेलहनखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत तोरीखेतीतर्फ यहाँका किसानको आकर्षण बढेको छ।

National life

नगरपालिकाका कृषि विकास अधिकृत सुमन विमलीका अनुसार पाँच हजार एक सय कट्ठा जमिनमा तोरीखेतीका लागि एक सय ४२ कृषक, कृषक समूह र कृषि सहकारीले आवेदन दिएका छन।

चालु आव २०८१/८२ मा नगरपालिकाले प्रतिकट्ठा रु एक हजार अनुदान दिने योजना ल्याएको छ। स्थानीय तहले जग्गा वर्गीकरपछि वास्तविक किसानलाई मात्र अनुदान प्रदान गरिने व्यवस्था गरिएको हुँदा दुरुपयोग रोक्न सहज हुने अधिकृत विमलीले जानकारी दिए।

भद्रपुर–१ किचकबधका किसान चन्द्र सुब्बाले अनुदान रकम बढेकाले थप १० कट्ठा जमिनमा तोरीखेती विस्तार गरेको बताए। अनुदानले उत्पादन लागत कम गर्न र खेतीलाई आकर्षक बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

स्थानीय किसान समीर रायमाझीका अनुसार नगरपालिकाबाट प्राप्त अनुदान प्रविधि र बालीको उचित हेरचाहमा खर्च हुने भएकाले खेती सुरक्षित रहने विश्वास गरिएको छ।

Shivam cement

विगतमा खेती गर्दा लागत खर्च निकाल्न नै समस्या पर्ने गरेको र नगरपालिकाको अनुदानले राहत मिलेको उनले बताए। नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७९/८० मा न्यूनतम १० कट्ठा तोरीखेती गर्ने किसानलाई प्रतिकट्ठा रु छ सय अनुदान दिने नीति अवलम्बन गरिएपछि तोरीखेतीको क्षेत्रफल क्रमशः बढिरहेको छ।

यद्यपि तोरीखेतीको विस्तार भए पनि स्थानीय उपभोक्ता अझै पनि आयातित तोरी नै खरिद गर्न बाध्य रहेको स्थानीय उपभोक्ता किरण पोखरेल बताउँछन्।

प्रकाशित: Feb 16, 2025| 11:01 आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्