सोमबार, साउन २५, २०८३

छयासी वर्षमा आत्मकथा प्रकाशित गर्दै लोकेन्द्रबहादुर चन्द

 |  शनिबार, फागुन ३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०८१

भक्तपुर- पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको छ। 

आज भक्तपुरको लोकन्थलीस्थित उनको निवासमा आयोजना गरिएको पुस्तकको आवरण सार्वजनिक कार्यक्रममा आत्मकथा प्रकाशनको घोषणा गर्दै उनले पुस्तकको आवरण सार्वजनिक गरेका हुन्।

आजदेखि ८५ वर्ष पूरा गरी ८६ वर्ष प्रवेशको अवसर पारेर मदन पुरस्कार विजेतासमेत रहेका चन्दको जीवन भोगाइमा आधारित आत्मकथा लेखन कुञ्जले प्रकाशित गर्ने उनले जानकारी दिए।

चन्दले आफ्नो जन्मथलो पश्चिम पहाडको बैतडी रहेको जनाउँदै बालापनदेखि जीवनमा आएका उतारचढाव, घटनाक्रम, शिक्षा, राजनीतिक यात्रा, चार पटक प्रधानमन्त्री हुँदाको यात्रा, साहित्यिक यात्रा, देशको विषम परिस्थितिमा आएका चुनौतीको व्यवस्थापनलगायत विषय पुस्तकमा समेटिने उल्लेख गरे। उनले आमपाठकलाई आफ्नो जिन्दगीले दिने सन्देश सकारात्मक हुने बताए।

 

प्रकाशित: Feb 15, 2025| 19:54 शनिबार, फागुन ३, २०८१
प्रतिक्रिया दिनुहोस्