सोमबार, साउन २५, २०८३

मृत भेटिए डडेलधुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी

 |  शनिबार, फागुन ३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०८१

डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन्।

अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा शनिबार अपराह्न उनी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए।

तीन दिनपछि जोशी मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए।

प्रकाशित: Feb 15, 2025| 18:51 शनिबार, फागुन ३, २०८१
प्रतिक्रिया दिनुहोस्