सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बेलुन पड्केर घाइते भएका अर्थमन्त्री पौडेललाई हेलिकप्टरमा काठमाडौं ल्याइयो

बेलुन पड्केर घाइते भएका अर्थमन्त्री पौडेललाई हेलिकप्टरमा काठमाडौं ल्याइयो

 |  शनिबार, फागुन ३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०८१

काठमाडौं- पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगलागी हुँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ। 

शनिबार कार्यक्रम उद्घाटन गर्ने क्रममा दीप प्रज्वलन गरेपछि बेलुन उडाउने क्रममा बेलुन आगोको ज्वालामा परेपछि पड्किएको थियो। ठूलो आवाजसहित पड्किएको बेलुनका कारण पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका थिए।

उनीहरु दुई जनाको अनुहारमा आगोले पोलेको छ। घाइते दुवैलाई उपचारका लागि पोखराको फिस्टेल अस्पताल लगिएको थियो। मन्त्री पौडेललाई भने थप उपचारका लागि हेलिकोप्टरमा कीर्तिपुरस्थित बर्न हस्पिटल ल्याइए अर्थमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रकाशित: Feb 15, 2025| 15:06 शनिबार, फागुन ३, २०८१
प्रतिक्रिया दिनुहोस्