सोमबार, पुस ७, २०८२

तनहुँमा २६ हजार भूमिहीनको लगत संकलन

 |  शनिबार, फागुन ३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०८१

तनहुँ- भूमि समस्या समाधान आयोगले तनहुँमा २६ हजार बढी भूमिहीनको लगत संकलन गरेको छ। यसअघि गठन भएको आयोगले २६ हजार एक सय १७ भूमिहीनको लगत संकलन गरेको र हाल गठन भएको आयोगले सोही विवरणको आधारमा कामलाई अगाडि बढाउने तयारी गरेको छ। 

National life

आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख विजय सिंहले जिल्लाका १० स्थानीय तहका २६ हजार एक सय १७ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने कार्य सकिएको जानकारी दिए। त्यस्तै छ हजार सात सय ७३ कित्तामा नाप नक्सा भइसकेको उनले बताए। उनका अनुसार छ सय २४ हेक्टर क्षेत्रफलको नाप नक्सा कार्य सकिएको छ। 

त्यस्तै १३ जनालाई लालपुर्जा नै वितरण भइसकेको सदस्य सचिव सिंहले बताए। आयोगले विगतमा गरेका कामलाई नै वर्तमान आयोगले निरन्तरता दिने सिंहको भनाइ छ। उनले भने, “विगतको आयोगले जहाँसम्म काम सम्पन्न गरेको छ, अहिले गठन भएको आयोगले त्यहीँबाट काम सुरु गर्नेछ।”

व्यास नगरपालिकामा सात हजार ४३, भानु नगरपालिकामा तीन हजार तीन सय १७, शुक्लागण्डकी नगरपालिकामा चार हजार चार सय तीन, देवघाट गाउँपालिकामा दुई हजार तीन सय ४४, भीमाद नगरपालिकामा एक हजार आठ सय ६१, ऋषिङ गाउँपालिकामा एक हजार चार सय ३९, घिरिङ गाउँपालिकामा एक हजार पाँच सय २०, म्याग्दे गाउँपालिकामा एक हजार दुई सय ६७, आँबुखैरेनी गाउँपालिकामा आठ सय ९३ र बन्दीपुर गाउँपालिकामा दुई हजार ३० भूमिहीनको लगत संकलन भएको छ। 

सदस्य सचिव सिंहका अनुसार व्यासमा चार सय नौ भूमिहीन दलित, चार सय ८३ भूमिहीन सुकुम्वासी, छ हजार एक सय ५१ अव्यवस्थित बसोबासी, भानुमा चार सय पाँच भूमिहीन सुकुम्वासी, दुई हजार नौ सय १२ अव्यवस्थित बसोबासी, शुक्लागण्डकीकमा दुई सय ८७ भूमिहीन दलित, दुई सय ८७ भूमिहीन सुकुम्वासी, तीन हजार आठ सय २९ अव्यवस्थित बसोबासी, देवघाटमा एक सय २३ भूमिहीन दलित, ७८ भूमिहीन सुकुम्वासी र दुई हजार एक सय ४३ अव्यवस्थित बसोबासीको लगत संकलन भएको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै भीमादमा १९ भूमिहीन दलित, १५ भूमिहीन सुकुम्वासी, एक हजार आठ सय २७ अव्यवस्थित बसोबासी, ऋषिङमा २२ भूमिहीन दलित, एक सय २७ भूमिहीन सुकुम्वासी, एक हजार दुई सय ९० अव्यवस्थित बसोबासी, घिरिङमा ६३ भूमिहीन दलित, ५५ भूमिहीन सुकुम्वासी, एक हजार चार सय दुई अव्यवस्थित बसोबासी, म्याग्देमा ७८ भूमिहीन दलित, ६५ भूमिहीन सुकुम्वासी, एक हजार एक सय २४ अव्यवस्थित बसोबासी, आँबुखैरेनीमा १८ भूमिहीन दलित, ९० भूमिहीन सुकुम्वासी, सात सय ८५ अव्यवस्थित बसोबासी र बन्दीपुरमा ८९ भूमिहीन दलित, दुई सय ६७ भूमिहीन सुकुम्वासी र एक हजार छ सय ७४ अव्यवस्थित बसोबासीको लगत संकलन गरिएको छ। 

आयोगका सदस्य सचिव सिंहका अनुसार शुक्लागण्डकीमा दुई हजार आठ सय ४१, देवघाटमा दुई हजार तीन सय ६२, आँबुखैरेनीमा एक हजार पाँच सय २९ कित्ताको नाप नक्सा भइसकेको छ। त्यस्तै शुक्लागण्डकीको वडा नम्बर २, ७ र ८ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजन भइरहेको छ भने देवघाटको वडा नम्बर ५ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजनको काम भइरहेको छ। यस्तै आँबुखैरेनीको पनि सबै वडाको नाप नक्सा सम्पन्न भएको छ। 

आयोगका नवनियुक्त अध्यक्ष गोविन्द सिलवालले जुनसुकै पार्टीबाट आयोगमा प्रतिनिधित्व भए पनि आफूहरूको मुख्य काम भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने रहेको बताए। उनले भने, “आयोगले राजनीतिक पूर्वाग्रह नराखी काम गर्नेछ, भूमिहीनको समस्या समाधानका लागि एकढिक्का भएर काम गर्नेछौँ।”

प्रकाशित: Feb 15, 2025| 12:01 शनिबार, फागुन ३, २०८१
प्रतिक्रिया दिनुहोस्