आइतबार, जेठ ३१, २०८३

पत्रकारलाई वरिष्ठको उपाधि दिँदै प्रेस काउन्सिल

 |  बिहीबार, फागुन १, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०८१

काठमाडौं- प्रेस काउन्सिल नेपालले पत्रकारलाई वरिष्ठको उपाधि दिने भएको छ।

National life

काउन्सिलले यसबारे कार्यदल गठन गरी प्रतिवेदन पनि तयार पारिसकेको छ।

काउन्सिलका सदस्य हरिप्रसाद जोशीको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले अध्ययन प्रतिवेदन दिइसकेको र अब सबै सरोकारवाला पक्षसँग छलफल गरी वरिष्ठ पत्रकारको उपाधिका लागि मापदण्ड तय गरिने अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए।

उनले भने, ‘हामीले प्रारम्भिक छलफल सुरु गरेका छौँ। सबै पक्षको रायसुझाव लिएर मापदण्ड र कार्यविधि बनाउँछौँ। आज पनि हामीले छलफल गरेका छौँ।’

सर्वोच्च अदालतले कानुन व्यवसायीहरूको अनुभव, निष्ठा र निरन्तरतालाई आधार मानी वरिष्ठ अधिवक्ताको उपाधि दिने गरेको छ। 

Shivam cement

यस्तै उपाधि पत्रकारलाई प्रेस काउन्सिलले दिन लागेको हो।

प्रकाशित: Feb 13, 2025| 19:16 बिहीबार, फागुन १, २०८१
प्रतिक्रिया दिनुहोस्