शनिबार, चैत ७, २०८२

नर्सरी व्यवसायबाट मासिक ४० हजार रूपैयाँ बचत

 |  बिहीबार, फागुन १, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०८१

कैलाली- धनगढी उपमहानगरपालिका-३ बोराडाँडीका सुरेश विश्वकर्माले नर्सरी व्यवसायबाट मासिक ४० हजार रूपैयाँ बचत गर्दै आएका छन्। जीविकोपार्जनका लागि विदेश नै जानुपर्छ भन्नेमा विपरीत मान्यता राख्ने उनले ‘कान्तिपुर नर्सरी’ सञ्चालन गरी व्यावसायिक उत्पदान गरिरहेका हुन्।

National life

धनगढी-८ बुद्धचोक बसोबास गर्दै आएका विश्वकर्माले काठमाडाैंको बिरुवासम्बन्धी काम गर्ने वायोप्लान्टिक प्राइभेट लिमिटेड कम्पनीमा लामो समय रोजगार जागिर गरी बिरुवासम्बन्धी कामको अनुभव लिएका थिए। अनुभवपछि उनले गाउँ फर्किएर नर्सरी व्यवसाय सुरु गरेका हुन्।

विश्वकर्माले वार्षिक एक लाख ५० हजार रूपैयाँ तिर्नेगरी चार कट्टा जमिन भाडामा लिइ व्यवसाय गर्दै आएका छन्। विगत १३ वर्षदेखि नर्सरी व्यवसायसम्बन्धी कामको अनुभव लिएकामा पछिल्लो पाँच वर्षदेखि धनगढीको बोराडाँडीमा ५० लाख रूपैयाँ लगानीमा व्यवसाय सञ्चालन गरेको उनले बताए।

मासिक ४० हजार रूपैयाँ बचत हुँदै आएको विश्वकर्माले जानकारी दिए। ६ जना परिवारको सम्पूर्ण खर्च, छोराछोरीको शिक्षामा खर्च पनि यही आम्दानीबाट हुने गरेको उनले बताए। तीन जनालाई रोजगारी समेत दिएको बताउँदै उनले तलबबापत मासिक ३६ हजार रूपैयाँ खर्च लाग्ने उल्लेख गरे।

'अन्य भन्दा यो व्यवसायमा जोखिम बढी पनि छ। कहिलेकाही प्रतिकूल वातावरणका कारण बिरुवामा विभिन्न सङ्क्रमण देखा परी बिरुवा बिग्रने, कुहिने, रोग लाग्ने पनि गर्दछ, जसले गर्दा घाटा पनि व्यवहोर्नुपर्ने हुन्छ', उनले भने, 'व्यवसायमा कहिले घाटा, कहिले नाफा हुन्छ। धैर्यताका साथ मेहनत गर्न छाड्नु हुँदैन। यही व्यवसायले सन्तुष्ट दिएको छ, अहिलेसम्म पैसाका लागि कसैसँग माग्नु परेको छैन।'

Laxmi sunrise bank
kumari

नेपालको झापा, विराटनगर, इटहरी र कञ्चनपुरलगायत स्थानबाट विभिन्न जातिका फलफूल, सो-प्यान्टसहित विभिन्न बिरुवा आयात गरेर बिक्री गर्दै आएको विश्वकर्माले जानकारी दिए। केही बिरुवा भने नर्सरीमा आफै उत्पादन गरेर पनि बिक्री गर्ने गरेको उनको भनाइ छ। नर्सरीमा हाल विभिन्न जातका फलफूल, सो-प्यान्टलगायत बिरुवा उपलब्ध छन्। रासस

प्रकाशित: Feb 13, 2025| 18:31 बिहीबार, फागुन १, २०८१
प्रतिक्रिया दिनुहोस्