शनिबार, चैत ७, २०८२

हल गोरु पाल्ने कृषकलाई अनुदान

 |  बुधबार, माघ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३०, २०८१

दमौली- यहाँको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष झै यसवर्ष पनि हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था गरेको छ। 

National life

चालु आवका लागि हल गोरु पाल्ने कृषकलाई अनुदान वितरण गर्न रु १० लाख विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।
 
गोरु पाल्ने क्रम घट्दा बाँझो जग्गा बढेपछि कृषकलाई प्रोत्साहनका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको अधिकारीको भनाइ छ। 

हलगोरु पाल्ने किसानलाई प्रति हल बढीमा रु चार हजारसम्म अनुदान दिइने छ। अनुदान लिन कम्तीमा तीन वर्ष हल गोरु पाल्ने र आफैँ खेत जोत्ने प्रतिबद्धतापत्र, निवेदक र हल गोरुको फोटोसहित निवेदन दिनुपर्ने प्रावधान छ। 

भिमाद नगरपालिकाले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा कृषकलाई अनुदान वितरण गर्ने तयारी गरेको छ। कृषकलाई कृषि सामग्री वितरणका लागि अनुदान दिइने प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले जानकारी दिए। सबै कार्यक्रममा ५० प्रतिशतका दरले अनुदान उपलब्ध गराइने उनको भनाइ छ। 

टनेल खरिद तथा वितरणका लागि रु एक लाख, तरकारी टनेल निर्माणका लागि रु दुई लाख ५० हजार, टनेल तथा नेट वितरणका लागि रु तीन लाख ५० हजार र टनेल प्लास्टिक निर्माणका लागि रु एक लाख बजेट विनियोजन गरिएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 12, 2025| 18:19 बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्