मंगलबार, साउन २६, २०८३

विद्युत प्राधिकरणको गल्तीले बबरमहल जलमग्न

 |  बुधबार, माघ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३०, २०८१

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्नुमा आफ्नो गल्ती रहेको स्वीकार गरेको छ।

बुधबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न बनेको थियो।

यो क्षेत्रमा विद्युत प्राधिकरणले सडकमा विद्युत् लाइन भूमिगतको काम गरिरहेको थियो। काम गर्ने क्रममा पाइलट ड्रिलिङपछि रिमिङ गर्दा असावधानीवश पाइपलाइनमा क्षति पुगेको विद्युत प्राधिकरणले स्वीकार गरेको छ।

पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतसहित वरपरका सरकारी भवन जलमग्न बनेका थिए भने केही सवारीसाधन डुबानमा समेत परेका थिए।

विद्युत भूमिगतको काम निर्माण कम्पनी केईआईले गरिरहेको छ।


 

प्रकाशित: Feb 12, 2025| 18:17 बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्