आइतबार, जेठ ३१, २०८३

तातोपानी गाउँपालिकाका ३६ गाउँबस्ती जोडिए सडक सञ्जालमा

 |  बुधबार, माघ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३०, २०८१

जुम्ला- तातोपानी गाउँपालिकाका सबै वडाका ३६ गाउँबस्ती सडक सञ्जालबाट जोडिएका छन्।

National life

संघ, प्रदेश र गाउँपालिकाको बजेटबाट थलाले गाउँसम्म सडक निर्माण सम्पन्न भएपछि मंगलबार गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले त्यसको उद्घाटन गरे।

यहाँका स्थानीयको मागअनुसार तीन वर्षको प्रयासपछि गाउँसम्म सडक पुगेको हो। सडकबाट थलालेका ४० घरपरिवार लाभान्वित भएका छन्। सडक निर्माणपछि जीप, ट्रयाक्टर र मोटरसाइकल सञ्चालन भएका छन्। 

सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिएको छ। नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन तथा वडा नं ७ पातरसाँघुबाट थलालेसम्मको चार दशमलव १७ किलोमिटर सडक निर्माणमा १ करोड २० लाख रुपैयाँ बजेट खर्च भएको छ। 

उपभोक्ता समितिका अध्यक्ष खेमबहादुर शाहीले सडक निर्माणपछि दुई घण्टाको यात्रा अब  २० मिनेटमा पूरा हुने बताए। आफ्नै घरआँगनमा सडक पुगेपछि स्थानीयले मंगलबार नाचगान गरेर खुसीयाली मनाएका थिए। रासस

Shivam cement

प्रकाशित: Feb 12, 2025| 17:01 बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्