आइतबार, जेठ ३१, २०८३

खेर गएको बाँझो जमिनमा व्यावसायिक ओखरखेती

 |  बुधबार, माघ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३०, २०८१

गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वर्षौँदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखरखेती सुरुवात गरिएको छ।

National life

किसानको आर्थिक आयआर्जन वृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिए।

'करिब २ हजार २ सयमिटरको उचाईमा रहेको ती दुई क्षेत्रमा जग्गा भएका किसानहरुलाई समेटेर कागतेखर्क बहुउद्देस्सीय कृषक समूह गठन गरिएको छ, उनले भने, 'सोही समुहमा आबद्ध किसानलाई प्राविधिकको सुझावअनुसार जसको जमिनमा जति वटा बेर्ना लगाउन मिल्छ सोहीअनुसार बेर्ना अनुदानमा उपलब्ध गराइएको हो।'

मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रम र गाउँपालिकाको लागत साझेदारीमा किसानलाई २ हजार २ सयवटा ओखरका बेर्ना वितरण गरिएको उनले बताए।

गाउँपालिकाले नै जुम्लाबाट कलमी गरिएको ओखरका बिरुवा खरिद गरेर ल्याइ किसानलाई वितरण गरेको हो। ओखर खेतीका लागि छनोट गरिएको जग्गालाई चारवटा ‘प्लट’ बनाएर बेर्ना लगाउन थालिएको उनको भनाइ छ। किसानहरुलाई वितरण गरिएका बेर्ना प्रत्येक १० मिटरको फरकमा खाडल खनेर आवश्यक मलखादको व्यवस्था गरी किसानहरुले रोप्न सुरु गरिसकेका छन्। 

Shivam cement

अहिले लगाइएको बिरुवाले करिब चार बर्षपछि उत्पादन दिन सुरु गर्ने उनले बताए। 'कृषि प्राविधिकसहितको टोलीले माटो परीक्षण गर्दा ती क्षेत्र ओखर खेतीका लागि अत्यन्तै उपयुक्त रहेको पाइयो', उनले भने, 'भिरालो पानी नजम्ने जमिन र त्यहाँको हावापानी पनि ओखर खेतीका लागि सुहाउँदो भएकाले यस वर्षदेखि ओखरी खेतीको थालनी गरिएको हो।'

ओखरका बिरुवा खरिदका लागि १० लाख रूपैयाँ र ढुवानीका लागि मात्रै एक लाख रुपैयाँभन्दा बढी खर्च भएको उनले बताए। रासस

प्रकाशित: Feb 12, 2025| 19:31 बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्