शनिबार, साउन १०, २०८२

सासूको हत्या आरोपमा बुहारी पक्राउ

 |  बुधबार, माघ ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३०, २०८१

vianetvianet

धनुषामा ६५ वर्षीया सासूको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ। 

जनकनन्दनी गाउँपालिका- ५ उधाकी ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षाकुमारी मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरेको हो। घरायसी विवादका क्रममा उनीहरूबीच झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

घटनाको सूचनापछि इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षाकुमारीलाई पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 12, 2025| 12:55 बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्