सोमबार, पुस ७, २०८२

महाकुम्भबाट फर्किंदै गरेका सात जनाको मृत्यु

 |  मंगलबार, माघ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २९, २०८१

National life
Laxmi sunrise bank
kumari

भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

उक्त दुर्घटना राज्यको जबलपुर जिल्लामा भएको हो । मृतक दक्षिणी राज्य आन्ध्र प्रदेशका थिए । उनीहरू उत्तर प्रदेशमा चलिरहेको आध्यात्मिक चाड महाकुम्भमा स्नान गरी घर फर्किरहेका थिए ।

स्थानीय प्रहरीका अनुसार ट्रक तीव्र गतिमा सडकको गलत दिशामा गुडिरहेको थियो ।  

प्रकाशित: Feb 11, 2025| 20:58 मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्