मंगलबार, साउन २६, २०८३

महाकुम्भमा भाइरल बनेकी मोनालिसा नेपाल आउने

 |  मंगलबार, माघ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २९, २०८१

भारतको उत्तर प्रदेशस्थित प्रयागराज महाकुम्भमा रुद्राक्ष माला बेच्दाबेच्दै भाइरल भएकी मोनालिसा नेपाल आउने भएकी छन्।

रौतहटको मोलापुरमा आयोजना हुने मधानी महोत्सवमा उनी आउन लागेकी हुन्। मोनालिसाले मधानी महोत्सवमा आउन लागेको भिडियो बनाएकी छन्, जुन भिडिओ सांसद प्रभु साहले सामाजिक सञ्जालमा सेयर गरेका छन्।

सांसद साहकी श्रीमती रिना साह मौलापुर नगरपालिकाकी प्रमुख हुन्। उनले हरेक वर्ष महाशिवरात्रिको अवसरमा मधानी महोत्सव आयोजना गर्दै आएकी छन्।

सांसद साहले ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र एवं मोनालिसाको आगमनले महोत्सवको आकर्षण थप बढाउने बताएका छन्।

महोत्सव फाल्गुन ११ देखि १५ गतेसम्म चल्नेछ। फाल्गुन १४ मा मधानी सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ।

प्रकाशित: Feb 11, 2025| 11:27 मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्