मंगलबार, साउन २६, २०८३

शानदार मःममा भएको आगलागीमा दुईजनाको मृत्यु

 |  मंगलबार, माघ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २९, २०८१

काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागीमा परी घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ। सोमबार राति उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो। ग्यास चुहावटका कारण आगलागी हुँदा मःम पसलका ११ जना कर्मचारी घाइते भएका थिए। नौ जना घाइते सोही अस्पतालमा उपचाररत छन।

आगलागी माघ २४ गते बिहान भएको थियो।

प्रकाशित: Feb 11, 2025| 10:49 मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्