आइतबार, जेठ ३१, २०८३

जापान पठाइदिन्छु भनेर १ करोड २३ लाख ठगी गर्ने महिला पक्राउ

 |  सोमबार, माघ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २८, २०८१
National life
Shivam cement

 रोजगारीका लागि जापान पठाइदिन्छु भनेर प्रलोभन देखाई रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन्।

बाँके प्रहरीले जिल्लाको बैजनाथ गाउँपालिका–५ बस्ने २३ वर्षीया तिर्सना बाठा मगरलाई नियन्त्रणमा लिएको हो। उनले वर्किङ भिसामा जापान पठाउने भन्दै विभिन्न व्यक्तिहरूसँग १५ लाखका दरले एक करोड २३ लाख रकम ठगेको आरोप छ।

वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता भई पक्राउ आदेश जारी भएकी मगरलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको टोलीले पक्राउ गरी थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाएको छ।

प्रकाशित: Feb 10, 2025| 11:50 सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्