मंगलबार, साउन २६, २०८३

सीआईडी हौं भन्दै ठग्ने समातिए

 |  सोमबार, माघ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २८, २०८१

आफूलाई प्रहरीको सीआईडी भन्दै ठगी गर्ने दुई व्यक्ति कपिलवस्तुमा पक्राउ परेका छन्। 

कपिलवस्तुको वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका जीवन थापा पक्राउ परेका हुन्।

उनीहरूले आफूहरू इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको बताउँदै एक स्थानीयको घर खानतलासी गर्नुपर्छ भनेर १७ हजार रूपैयाँ असुलेर फरार भएका थिए।

कपिलवस्तु प्रहरी टोलीले वाणगंगा नगरपालिका-२ राजपुरस्थित खेल मैदानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। हिरासतमा रहेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: Feb 10, 2025| 11:45 सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्