सोमबार, पुस ७, २०८२

कर्मचारीको मृत्यु भएपछि मालिकार्जुनमा शोक बिदा

 |  सोमबार, माघ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २८, २०८१

गाडीको ठक्करबाट मालिकार्जुन गाउँपालिकामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। 

National life

मालिकार्जुन गाउँपालिका–५ डाँडाकोट घर भई गाउँपालिकाको उद्यम विकास शाखा प्रमुखका रुपमा कार्यरत जगदीश अवस्थीको दुर्घटनामा परी आइतबार मृत्यु भएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ।

भारतको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी हुन जाँदै गरेका अवस्थीको लखनउमा गाडीले ठक्कर दिएर मृत्यु भएको हो। आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

अवस्थीको मृत्यु भएपछि सोमबार गाउँपालिकामा शोक बिदा दिइएको छ।

प्रकाशित: Feb 10, 2025| 10:40 सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्