सोमबार, चैत २, २०८२

यस्तो छ आजको मौसम

 |  सोमबार, माघ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २८, २०८१

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

National life

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु/कुहिरो लागेको महाशाखाले बताएको छ।

सोमबार दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मधेस प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

बागमती प्रदेशका हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली र थोरै स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ। बागमतीको पहाडी भूभागमा साधारणतया बदलीको सम्भावना छ।

Laxmi sunrise bank
kumari

गण्डकी प्रदेशको हिमाली, पहाडी तथा तराई भूभागमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना छ।

लुम्बिनीका पहाडी भूभागमा पनि आंशिकदेखि साधारणतया बदली र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ। ती प्रदेशमा आंशिक बदलीको सम्भावना छ। कर्णालीका हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

सुदूरपश्चिम प्रदेशको तराईका क्षेत्रमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले बताएको छ।

प्रकाशित: Feb 10, 2025| 08:06 सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्