आइतबार, पुस ६, २०८२

आलापोटमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

 |  आइतबार, माघ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ २७, २०८१

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

National life

बागमती प्रदेश ०२–०३७ प ०९०३ नम्बरको मोटरसाइकल र बा ७१ प १४७१ नम्बरको मोटरसाइक्ल आपसमा ठोक्किएका थिए। शनिबार राति भएको दुर्घटनामा बागमती प्रदेश ०२–०३७ प ०९०३ नम्बरको मोटरसाइकलका चालक २१ वर्षीय राजन कटुवालको मृत्यु भएको हो। उनी उदयपुरको चौदण्डीगढी नगरपालिकाका हुन्।

दुर्घटनमा गम्भीर घाइते उनी नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

अर्को मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित: Feb 09, 2025| 13:36 आइतबार, माघ २७, २०८१
प्रतिक्रिया दिनुहोस्