मंगलबार, साउन २६, २०८३

चापागाउँ दोबाटोमा गाडीको ठक्करबाट किशोरको मृत्यु

 |  आइतबार, माघ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ २७, २०८१

ललितपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोस्थित बागमती प्रदेश ३-०१-०२-०२४ च ९१५५ नम्बरको गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हो।

मकवानपुर घर भई चापागाउँ दोबाटो बस्ने १४ वर्षीय साहन मोक्तानको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा मृत्यु भएको प्रहरीले बताएको छ।

सवारी चालक  प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: Feb 09, 2025| 13:07 आइतबार, माघ २७, २०८१
प्रतिक्रिया दिनुहोस्